प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मालाई उज्यालो नेपाल पार्टी (उनेपा)ले समर्थन गरेको छ।
उनेपाका उम्मेदवार नरेन्द्र केसीले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै रुकुम पश्चिममा शर्मालाई समर्थन गरेको घोषणा गरेका हुन्।
शर्माले उक्त स्थानबाट ०६४ सालदेखि लगातार चुनाव जित्दै आएका छन्।
रुकुम पश्चिमबाट एमालेबाट नन्दराम देवकोटा, कांग्रेसबाट राजु केसी, नेपाली कम्युनिस्ट पार्टीबाट गोपाल शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मानबहादुर शाहीलगायत चुनावमा उठेका छन्।
प्रकाशित: १५ फाल्गुन २०८२ १३:१३ शुक्रबार





