जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपास क्षेत्रमा जुलुस, प्रदर्शन, र्याली, भेला, हड्तालजस्ता सबै गतिविधि निषेध गरेको छ।
प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलद्वारा जारी सूचनामा फागुन १ गतेदेखि यस्ता कार्यक्रम गर्न नपाइने र पूर्व स्वीकृति नलिई गर्न नहुने स्पष्ट पारिएको छ।
निर्वाचन आचारसंहिता लागू भएको र महाशिवरात्रि पर्व नजिकिएको सन्दर्भमा विमानस्थलको सुरक्षा, यात्रुको सहज आवागमन र सर्वसाधारणको निर्वाध हिँडडुल सुनिश्चित गर्न यो कदम चालिएको हो।
निषेधित क्षेत्रमा यस्ता गतिविधिमा संलग्न जोसुकैलाई कानूनबमोजिम कारबाही हुने चेतावनी दिइएको छ।
.jpg)
प्रकाशित: २९ माघ २०८२ १०:४२ बिहीबार





