२९ माघ २०८२ बिहीबार
image/svg+xml
समाज

सडक दुर्घटनामा एक जनाको मृत्यु

भरतपुर महानगरपालिका-१५ मा आज बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार टुरेचोकबाट शीतलचोकतर्फ आइरहेका मिनीट्रकले रामपुरबाट भरतपुरतर्फ गइरहेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक स्याङ्जाका २६ वर्षीय सुरज थापाको मृत्यु भएको हो।

मोटरसाइकलमा सवार स्याङ्जाको हरिनास गाउँपालिका-४ की २२ वर्षीया निरुता थापा गम्भीर घाइते भएकी छन्। उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। दुर्घटनापछि फरार भएका ट्रक चालकको खोजी जारी छ। रासस

प्रकाशित: २९ माघ २०८२ १०:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App