मध्यपूर्वमा बढेको तनावका कारण हवाई उडान प्रभावित हुँदा झन्डै आठ हजार यात्रु कतारको ट्रान्जिटमा रोकिएका छन्।
कतारले विभिन्न गन्तव्यमा जान हिँडेका यी यात्रुहरू उडान रद्द र ढिलाइ भएसँगै दोहामा अलपत्र परेको जानकारी दिएको हो।
यसैबीच, कतारले हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा हुन लागेका कयौँ आक्रमणका प्रयासलाई विफल पारेको दाबी गरेको छ।
कतारी अधिकारीहरूले सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राख्दै सम्भावित खतरालाई समयमै नियन्त्रणमा लिएको बताएका छन्।
प्रकाशित: १९ फाल्गुन २०८२ १६:४४ मंगलबार



-600x400.jpg)

