२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इजरायली आक्रमणमा ८० भन्दा बढी प्यालेस्टाइनी मारिए

गाजा पट्टीमा बुधबार इजरायलले गरेको आक्रमणमा धेरै मानिसको मृत्यु भएको छ। स्थानीय अस्पतालहरूले जनाएका अनुसार इजरायली गोलीबारीमा ८० भन्दा बढी प्यालेस्टाइनी मारिएका छन्।

आपतकालीन कर्मीहरूको भनाइअनुसार, गाजा सिटीको दराज क्षेत्रमा फिरास बजार नजिकैको एउटा भवन र बेघर परिवारका लागि बनाइएका टेन्टमा राति भएको आक्रमणमा कम्तीमा २० जना मारिए, जसमा महिला र बालबालिका समेत परेका छन्।

इजरायली सेनाले भनेको छ कि उसले हमासका दुई लडाकुलाई निशाना बनाएको थियो। साथै सेनाले मृतकहरूको संख्याबारे दिएको विवरण आफ्नो तथ्याङ्कसँग मेल नखाने दाबी गरेको छ।

त्यसैबीच, इजरायली ट्याङ्क र सैनिकहरू शहरका भित्री भागतर्फ अघि बढिरहेका छन्। इजरायलले भनेको छ कि यो क्षेत्र हमासको अन्तिम गढ हो।

सेनाले भन्यो कि स्थल आक्रमणको उद्देश्य हमासको नियन्त्रणमा अझै बन्धक बनाइएका मानिसहरूलाई मुक्त गराउनु र प्यालेस्टाइनी सशस्त्र संगठनको ‘निर्णायक हार’ सुनिश्चित गर्नु हो।

प्रकाशित: ९ आश्विन २०८२ ०७:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App