१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गाजामा इजरायलको आक्रमणबाट हालसम्म ७० हजारभन्दा धेरै मानिसको मृत्युः हमास

फाइल तस्वीर

गाजामा इजरायलको सैन्य कारबाहीमा हालसम्म ७० हजारभन्दा धेरै प्यालेस्टाइनी  मारिएका छन्। यो जानकारी हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले दिएको हो। इजरायल र हमासबीच १० अक्टोबरदेखि लागू भएको युद्धविरामका बाबजुद पनि मृत्यु हुनेहरूको संख्या बढ्दो छ।

इजरायलको भनाइमा, युद्धविरामको उल्लंघनका कारण उसले धेरै हवाई हमलाहरू गर्नु परेको छ। धेरै शवहरू अझै पनि भग्नावशेषबाट निकालिँदै छन्। शनिबार इजरायली ड्रोन हमलामा मारिएका व्यक्तिहरूमध्ये दुई जना युवा दाजुभाइ फादी र जुमा अबू अस्सीपनि थिए। उनका परिवारका अनुसार जब उनीहरू मारिए, उनीहरू दाउरा संकलन गर्दै थिए।

इसरायली डिफेन्स फोर्सले बीबीसीलाई जानकारी दिँदै भन्यो कि उनीहरूले ‘येलो लाइन’ पार गरेका दुईजना संदिग्धलाई लक्ष्य बनाएको हो।

यो ‘लाइन’ त्यस क्षेत्रलाई जनाउँछ, जहाँसम्म इजरायली सेना पछाडि हट्न सहमत भएको थियो। यो युद्धविराम अमेरिकाको मध्यस्थतामा सात हप्ताभन्दा बढीअघि भएको हो। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार प्यालेस्टाइनीहरूको कुल मृत्यु संख्या अहिले ७०,१०० पुगेको छ। मन्त्रालयका अनुसार यीमध्ये ३५० भन्दा बढी मृत्यु १० अक्टोबरको युद्धविरामपछि भएका हुन्।

इजरायलको दक्षिण क्षेत्रमा ७ अक्टोबर २०२३ मा हमासले हमला गरेको थियो। त्यस हमलामा करिब १,२०० जनाको मृत्यु भएको थियो र २५१ जनालाई बन्धक बनाइएको थियो। त्यसको जवाफस्वरूप इजरायली सेनाले गाजामा आफ्नो कारबाही सुरु गरेको हो। एजेन्सी

प्रकाशित: १४ मंसिर २०८२ ०८:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App