१९ वैशाख २०८३ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकी उपराष्ट्रपति भान्स वार्ताका लागि पाकिस्तान जाँदै

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ चरणको वार्ताका लागि एक प्रतिनिधिमण्डल पाकिस्तान जाने बताएका छन्।

सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले ‘प्रतिनिधिहरु’ मंगलबार बिहान इस्लामाबाद पुग्ने बताए।

यस्तै, ह्वाइट हाउसले पनि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले प्रतिनिधिमण्डलको नेतृत्व गर्ने बताएको छ।

ह्वाइट हाउसका एक अधिकारीले बीबीसीलाई भने, ‘प्रतिनिधिमण्डलमा जेडी भान्ससहित ट्रम्पका सल्लाहकार स्टिभ विटकफ र जारेड कुशनर पनि समावेश हुनेछन्, जो दुवै अघिल्लो वार्तामा उपस्थित थिए।’

उता, तेहरानले भने अझै आफ्नो उपस्थिति पुष्टि गरेको छैन। इरानी राज्य मिडियाले अमेरिकी नाकाबन्दी कायम रहँदा अधिकारीहरूले वार्तामा भाग नलिने बताएका छन् ।

यसअघि पाकिस्तानमै भएको वार्ता २१ घण्टासम्म चलेको थियो। दुबै पक्षले आफ्नो अडान कायम राख्दा विना निष्कर्ष सकिएको थियो।

प्रकाशित: ७ वैशाख २०८३ १२:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App