२१ मंसिर २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

नासाको रोभरले मंगल ग्रहमा फेला पारेको चट्टान उल्कापिण्ड हो ?

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मंगल ग्रहमा एउटा अप्रत्याशित र अनौठो संरचना भएको चट्टान फेला पारेको छ। जसले वैज्ञानिकहरूलाई चकित बनाएको छ।  

‘फिप्साक्सला’ नाम दिइएको उक्त  चट्टान रातो ग्रहमा उत्पत्ति भएको नहुन सक्ने अनुमान गरिएको छ। नासाको पर्सिभरेन्स रोभरले भेर्नोडेन नामक साइटमा आधारशिलाको सर्वेक्षण गरिरहेका बेला यो अनौठो संरचना पत्ता लगाएको हो।

उक्त यो चट्टान करिब ३१ इन्च चौडा हुनुको साथै समतल, खण्डित परिदृश्यबाट माथि उठेको अवस्थामा भेटिएको छ। रोभरले गरेको स्क्यानबाट यो चट्टान फलाम र निकेलले भरिएको पाइएको छ। फलाम र निकेलको यो संयोजन सामान्यतया सौर्यमण्डलमा पाइने ठूला क्षुद्रग्रहहरूको कोरमा बनेको फलाम निकेल उल्कापिण्डसँग मेल खान्छ। 

वैज्ञानिकहरूले यो अनौठो चट्टान बाहिरी अन्तरिक्षबाट आएको र मंगल ग्रहमा दुर्घटनाग्रस्त भएको हुन सक्ने विश्वास गरेका छन्। यद्यपि यो साँच्चै उल्कापिण्ड हो वा होइन भन्ने पुष्टि गर्न थप परीक्षणहरू बाकी रहेको बताएका छन्। 

नासाको मंगल ग्रह २०२० मिसन अन्तर्गत पर्सिभरेन्स रोभर फेब्रुअरी २०२१ मा जेजेरो क्रेटरमा अवतरण गरेको थियो।

प्रकाशित: ४ मंसिर २०८२ ०९:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App