१ वैशाख २०८३ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकासँग वार्ता गर्न इस्लामाबाद पुग्यो इरानी प्रतिनिधिमण्डल

इरानको सरकारी सञ्चार माध्यमले अमेरिकासँग शान्ति वार्ताका लागि इरानको प्रतिनिधिमण्डल इस्लामाबाद पुगेको रिपोर्ट गरेको छ।

बीबीसी उर्दूका अनुसार पाकिस्तानी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै इरानी प्रतिनिधिमण्डल इस्लामाबाद आइपुगेको जनाएको छ। स्थानीय सञ्चार माध्यमले इरानी प्रतिनिधिमण्डललाई नुर खान विमानस्थलमा स्वागत गरिएको बताएको छ।

उनलाई पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले स्वागत गरेका थिए। राष्ट्रिय सभाका अध्यक्ष सरदार अयाज सादिक, सेना प्रमुख फिल्ड मार्शल सैयद असीम मुनीर र गृहमन्त्री सैयद मोहसिन रजा नक्वी पनि उपस्थित थिए।

इरानको सरकारी टिभीको टेलिग्राम च्यानलका अनुसार यो प्रतिनिधिमण्डलको नेतृत्व इरानी संसदका सभामुख मोहम्मद बागेर गालिबाफले गरिरहेका छन्।

रिपोर्टका अनुसार इरानका विदेशमन्त्री अब्बास अरघची, रक्षा परिषद्का सचिव अली अकबर अहमदियान, केन्द्रीय बैंकका गभर्नर अब्दुलनासेर हेम्मती र इरानी संसदका धेरै सदस्यहरू पनि उनीसँगै आएका छन्।

प्रकाशित: २८ चैत्र २०८२ ०७:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App