१ वैशाख २०८३ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरानले स्ट्रेट अफ होर्मुजमा शुल्क लगाउन मिल्दैनः ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुजको जलक्षेत्रमा तेल ट्याङ्करहरूमा शुल्क लगाउन नमिल्ने बताएका छन्। उनले इरानले शुल्क लिइरहेको छ भने सो कार्य तुरुन्तै रोक्न आह्वान गरे ।

सामाजिक सञ्जाल ट्रुथमा ट्रम्पले इरानले स्ट्रेट अफ होर्मुज हुँदै जाने तेल ट्याङ्करहरूमा शुल्क लगाएको रिपोर्टलाई उद्धृत गर्दै यस्तो बताएका हुन्।  

पछिल्लो पोस्टमा, ट्रम्पले जलक्षेत्रमा ट्याङ्करहरू रोकिएको उल्लेख गर्दै इरानले अनुचित व्यवहार गरिरहेको र होर्मुजको जलक्षेत्रबाट तेल पार गर्न अनुमति नदिएर विश्वव्यापी रुपमा गैर जिम्मेवार बनिरहेको आरोप लगाए।  

युद्धविराम लागु भए पछि पारवहन पुनः सुरु भएको रिपोर्ट गरिए पनि बिहीबार कुनै पनि जहाजले होर्मुज जलक्षेत्र पार नगरेको ढुवानी ट्र्याकिङ डाटाले देखाएको थियो।

यसैबीच, अमेरिकी उपराष्ट्रपति जे.डी. भान्सले यदि इरानले जलक्षेत्र खोल्ने आफ्नो प्रतिवद्धता पालना गरे युद्धविरामको तुरुन्तै अन्त्य हुने बताए।

यस अघि बुधबार अमेरिकी राष्ट्रपति ट्रम्पले कूटनीतिक वार्ताका लागि इरानसँग दुई हप्ताको युद्धविरामका लागि पाकिस्तानको संयुक्त प्रस्तावलाई अनुमोदन गरेका थिए।

प्रकाशित: २७ चैत्र २०८२ १३:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App