२१ मंसिर २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हमासको स्वास्थ्य मन्त्रालय भन्छः इजरायली हमलामा गाजामा २५ प्यालेस्टाइनीको मृत्यु

गाजामा भएको इजरायली हमलाहरुमा कम्तिमा २५ प्यालेस्टाइनीहरुको मृत्यु भएको हमासको स्वास्थ्य मन्त्रालयले बताएको छ। उद्धारकर्मीहरूको अनुसार, गाजा  सिटीको जैतुनक्षेत्रको एक भवनमा भएको आक्रमणमा एक महिला र एक बालिकासहित १० जनाको मृत्यु भएको छ।

इजरायली सेनाले भने कि उसले ‘हमासका आतंकवादी केद्रहरु’मा हमला गरेको हो।सेनाका अनुसार केही सशस्त्र व्यक्तिहरूले दक्षिणी शहर खान युनिसमा ती सैनिकहरू तैनाथ भएको क्षेत्रमा गोलीबारी गरेका थिए, जुन पाँच हप्ते युद्धविराम सम्झौताका उल्लंघन हो।

हमासले यसबारे अहिलेसम्म कुनै टिप्पणी गरेको छैन।गाजामा  हमासको सिभिल डिफेन्स एजेन्सीका प्रवक्ता महमूद बस्सलले बीबीसीलाई बताए कि बुधबार साँझ गाजामा  सिटी र खान युनिसका धेरै स्थानहरूमा इजरायली आक्रमणहरू भएका छन्।उनले भने कि केही दिनको शान्तिपछि यी आक्रमणहरू तीव्र रूपमा बढेका छन्। एजेन्सी

प्रकाशित: ४ मंसिर २०८२ ०८:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App