गाजाका आपतकालीन सेवा अधिकारीहरूले आइतबार मध्य गाजामा पानी संकलन गर्ने क्रममा इजरायली हवाई आक्रमणमा ६ बालबालिकासहित १० जनाको मृत्यु भएको बताएका छन्।
मृतकहरूको शव नुसेरातको अल-अवदा अस्पताल पठाइएको थियो, जसलाई अस्पतालका एक डाक्टरले पुष्टि गरेका थिए।
डाक्टरका अनुसार अस्पतालमा १६ जना घाइतेको पनि उपचार गरिएको छ, जसमा सात बालबालिका पनि छन्।
प्रत्यक्षदर्शीहरूले हवाई हमला अल-नुसैरत शरणार्थी शिविरमा पानी ट्याङ्कर नजिकै खाली क्यान लिएर लाइनमा उभिरहेको भीडमा भएको बताएका थिए।
यसबाहेक, गाजा नागरिक रक्षा एजेन्सीले आइतबार मध्य गाजा र गाजा शहरका तीन आवासीय भवनहरूमा भएको आक्रमणमा १९ प्यालेस्टिनीहरूको मृत्यु भएको बताएको छ।
यसैबीच, रेडक्रसको अन्तर्राष्ट्रिय समितिले दक्षिणी गाजामा रहेको रफाह फिल्ड अस्पतालमा विगत ६ हप्तामा अघिल्लो १२ महिनाको तुलनामा धेरै घाइतेहरूको उपचार गरेको बताएको छ। एजेन्सी
प्रकाशित: ३० असार २०८२ ०६:४३ सोमबार





