हाम्रो लघुकथा केन्द्र, नेपालको फेसबुक पेजले चियावार्तामा लघुकथा कार्यक्रम गरेको छ।
पेजको छैटौँ वार्षिकोत्सव पारेर चैत्र ४ गते बुधवार तीनकुने,काठमाडौंस्थित हेभेन टिम्मुर थकालीमा आयोजना गरिएको सो कार्यक्रम अनौपचारिक रूपमा भएको थियो।
कार्यक्रममा स्रष्टा साँझ अमेरिकाका संस्थापक अध्यक्ष तथा वरिष्ठ साहित्यकार प्रभात दीक्षितले अमेरिकामा हुने नेपाली साहित्यका गतिविधि प्रस्तुत गरेका थिए।
लघुकथाविद् डा. हरिप्रसाद भण्डारी र डा. पुष्करराज भट्टले लघुकथाको अवधारणा, यसका मूल्यमान्यताबारे प्रष्ट पारेका थिए।
कार्यक्रममा उपस्थित स्रष्टाहरूले आआफ्नो परिचय र तत्सम्बन्धी अनुभव बाँडेका थिए।
उक्त अवसरमा स्रष्टाहरू महेन्द्र नेउपाने, शान्ता तिम्सिना, प्रार्थना खनाल, मनीषकुमार शर्मा `समित ´ र सुनिता निरौला पौडेलले लघुकथा वाचन गरेका थिए।
डा. हरिप्रसाद भण्डारी र डा. पुष्करराज भट्टले वाचित लघुकथाहरूकाे सूक्ष्म प्रतिक्रिया राखेका थिए।
हाम्रो लघुकथा केन्द्रका संस्थापक अध्यक्ष लता केसीले आयोजना गरेको सो कार्यक्रममा साहित्यकार अमर अधिकारी, राजु क्षेत्री अपुरो, इन्दिरा चापागाई, निर्मला बराल, वन्दना घिमिरे, ध्रुवराज थापा पुरुष ´, रमेश सुवेदी, विवेक शर्मा गौतम, अजित आचार्य, मदन पोखरेल, अप्सरा भट्टराई, धिरज बराल, वीरेन मालाकार सहयात्री´, एन्जेल निलु लगायत दुई दर्जन स्रष्टा उपस्थिति थियो।
उक्त अवसरमा दीक्षित र अपुरोलाई स्वागत सम्मान पनि गरिएको थियो।
प्रकाशित: ५ चैत्र २०८२ ०९:५९ बिहीबार





