६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

लागुऔषधसहित १५ जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट १५ जनालाई पक्राउ गरिएको छ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले सबैलाई नियन्त्रणमा लिएको हो। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापा, बारा, महोत्तरी, चितवन र कञ्चनपुरबाट उनीहरू गत मंगलबार र बुधबार पक्राउ परेका हुन्।

भरतपुर महानगरपालिका-१ पोखरा बसपार्कबाट चिकित्सकको सिफारिसमा मात्र खरिदबिक्री गर्न पाइने औषधिसहित एक जना, भद्रपुर नगरपालिका-६ बाट  खैरो हेरोइनसहित सात जना, बाराको जितपुरसिमरा उपमहानगरपालिका-३ लल्का पुल नजिकबाट नौ किलो गाँजासहित दुई जना, महोत्तरीको बर्दिबास नगरपालिका-३ बाट खैरो हेरोइनसहित चार जना र कञ्चनपुरको बेलौरी नगरपालिका-१० घाँटबाट एक जनालाई पक्राउ गरिएको हो। 

प्रकाशित: ५ चैत्र २०८२ ०९:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App