पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-४ स्थित केबुलकार गेट नजिकै ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
आँबुखैरेनीबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १९६३ नम्बरको मालबाहक ट्रक अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो। दुर्घटनामा परी ट्रकमा सवार दुई जना घाइते भएका र उनीहरूको डुम्रेस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको थप विवरण आउन बाँकी छ।
प्रकाशित: ५ चैत्र २०८२ १०:०३ बिहीबार





