२० मंसिर २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानी पूर्व प्रधानमन्त्री इमरान खान २१ दिनदेखि परिवारको सम्पर्कबाहिर

जेलभित्रै हत्या गरिएको भन्दै व्यापक हल्ला!

जेलमा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको अवस्थाबारे त्यहाँ अनेक हल्ला चलिरहेका छन्। कतिपय हल्लाहरूमा उनको जेलभित्रै हत्या भएकोसम्मका कुराहरू आइरहेका छन्। यद्यपि ती हल्लाको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन।  

विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका समाचारअनुसार इमरानसँग तीन हप्तादेखि उनका परिवारका सदस्यलाई भेट्न दिइएको छैन। उनी पाकिस्तानको पञ्जाब प्रान्तको अदियाला जेलमा राखिएको छ।  

उनकी तीन जना बहिनीहरूले आफूलाई २१ दिनदेखि इमरानसँग भेट्न नदिएको भनेका छन्। जसको उनीहरूले पञ्जाब प्रहरीको आइजीलाई जानकारी पनि गराएका समाचार छन्।  

भाइसँग भेट्न पाउनुपर्ने भन्दै उनीहरूले अदालतबाट अनुमति पनि मागिसकेका छन्। तर वकिलसहित जाँदा पनि उनीहरूले भेट्न नपाएका समाचार छन्। सँगै उनको स्वास्थ्यबारे पनि कुनै जानकारी नदिएको बताइएको छ।  

यसैबीचमा जेलबाहिर ठुलो संख्यामा इमरानका समर्थकहरूले धर्ना दिइरहेको बताइएको छ। जहाँ पनि ठुलो बल प्रयोग गरिएको गुनासो छ।  

इमरान सन् २०२३ देखि जेलमा छन्। उनीमाथि नेसनल एकाउन्टिबिलिटी ब्युरोले अल कादिर ट्रस्ट मामिलामा भ्रष्टाचारको अभियोग लगाएको छ। यसै वर्ष अदालतले उनीमाथि १४ वर्षको जेल सजाय सुनाएको छ।  

–अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा 

प्रकाशित: १० मंसिर २०८२ १६:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App