२० मंसिर २०८२ शनिबार
image/svg+xml
समाज

सुनकोशीमा हाम फालेका एक जना बुधबारदेखि बेपत्ता

सुनकोशी नदीमा हाम फालेका उदयपुरको कटारी–३ च्याँगाका ६२ वर्षीय लुप्त (मिश्र)बहादुर कार्की तीन दिनदेखि बेपत्ता भएका छन्। कटारी–१४ घुर्मी र ओखलढुङ्गाको हर्कपुर जोड्ने सुनकोशी पुलबाट तीन दिनअघि बुधबार दिउँसो कार्कीले हाम फालेका थिए।

इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक लङ्कबहादुर श्रेष्ठका अनुसार घटनास्थलमा कार्कीको टोपी र जुत्ता फेला परेको थियो। 'भोलि गोताखोर टोली आएर खोजी गर्ने तयारी छ,' निरीक्षक कार्कीले भने, 'तीन दिनदेखि घटनाको अनुसन्धान र खोजी जारी राखे फेला पर्न सकेको छैन।'

घटनापश्चात प्रहरी, आफन्त र स्थानीयले डोरीको माध्यमबाट कोशीमा खोजी जारी राखे फेला परेको छैन। स्थानीयका अनुसार बुधबार दिउँसो कार्कीले पुलको मध्यभागबाट कोशीमा हाम फालेका थिए।

प्रकाशित: २० मंसिर २०८२ ०८:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App