२० मंसिर २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पको चेतावनीबिच ब्राजिलका पूर्वराष्ट्रपति प्रहरी हिरासतमा

फाइल तस्बिर

ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारोलाई शनिबार नजरबन्दबाट प्रहरी हिरासतमा लिइएको छ।  

सन् २०२२ को चुनावपछि वामपन्थी लुइज इनासियो लुला डा सिल्भालाई सत्तामा जानबाट रोक्ने षड्यन्त्रको आरोपमा बोल्सोनारोलाई सेप्टेम्बरमा २७ वर्ष र तीन महिनाको जेल सजाय सुनाइएको थियो। 

अपिल अस्वीकार भएपछि सोमबार थप पुनरावेदन दायर गर्ने उनको वकिलहरूले बताएका छन्।

सर्वोच्च अदालतका न्यायाधीश अलेक्जान्ड्रे डी मोराइसले बोल्सोनारोलाई पक्राउ गरिएको कारण सजायको कार्यान्वयन नभई ‘उच्च उडान जोखिम’ भएको बताए। उनले शनिबार मध्यरातपछि बोल्सोनारोको इलेक्ट्रोनिक एनकल मोनिटरमा हेरफेर भएको र छोराले आह्वान गरेको प्रदर्शनले भाग्ने वातावरण सिर्जना भएको उल्लेख गरे।  

सन् २०१९ देखि सन् २०२२ सम्म ब्राजिलमा शासन गरेका बोल्सोनारोलाई अगस्टमा नजरबन्दमा राखिएको थियो। मोराइसले आफ्नो निर्णयमा भने, ‘पूर्वराष्ट्रपति बोल्सोनारालाई राखिएको भवनबाहिर छोरा फ्लाभियो बोल्सोनारोले शनिबार आह्वान गरेको योजनाबद्ध प्रदर्शनले उथलपुथल निम्त्याउन सक्ने र यसले बोल्सोनारोलाई भाग्न अनुकूल वातावरण सिर्जना गर्ने देखिएकोले उनीलाई नजरबन्दबाट प्रहरी हिरासतमा लिइएको छ।’  

बोल्सोनारोको परिवार अमेरिकी दूतावाससँग नजिकिएको भन्दै उनले राजनीतिक शरणका लागि अर्जेन्टिनी दूतावासमा भाग्ने योजना बनाएको गोप्य जानकारी अनुसार उनलाई हिरासतमा लिइएको बताए।  

बोल्सोनारो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी हुन्। ट्रम्पले बोल्सोनारोको मुद्दालाई ‘राजनीतिक शिकार’ भनेका छन् र ब्राजिलमाथि दण्डात्मक कार तथा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्।  

कैदीको स्वास्थ्य परीक्षण गरी ब्रासिलियास्थित संघीय प्रहरी कार्यालयमा जेल पठाइने स्रोतले जनाएको छ। बोल्सोनारोलाई सत्तामा अधिनायकवादी पकड सुनिश्चित गर्ने षड्यन्त्र गरेको आपराधिक सङ्गठनको नेतृत्व गरेको आरोपमा दोषी ठहर गरिएको थियो। मुद्दामा लुला, उनका उपराष्ट्रपति गेराल्डो अल्कमिन र सर्वोच्च अदालतका न्यायाधीश डे मोरेसको हत्या गर्ने षड्यन्त्र भएको दाबी छ।  

उनलाई २७ वर्षको जेल सजाय भुक्तान गर्ने समयसीमा सकिँदै गएको बेला हिरासतमा राखिएको हो। एएफपी

प्रकाशित: ७ मंसिर २०८२ ०७:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App