भारतीय प्रहरीले क्राइम इन्भेस्टिगेटिभ ब्युरो लेबल गरिएको भाडाको कार्यालयबाट प्रहरीको भेषमा चन्दा असुलेको आरोपमा छ जनालाई पक्राउ गरेको छ।
प्रहरी जस्तै रङ र लोगोले सजाइएको कार्यालयबाट सञ्चालित अन्तर्राष्ट्रिय प्रहरी र अपराध अनुसन्धान ब्युरो नयाँदिल्लीको स्याटेलाइट सहर नोएडामा अवस्थित रहेको प्रहरीले आइतबार राति एक विज्ञप्तिमा बताएको छ।
प्रहरीका अनुसार अभियुक्तहरूले नक्कली कागजात र प्रमाणपत्रहरू बनाएका थिए र पीडितहरूबाट चन्दा माग्ने वेबसाइट चलाएका थिए। उनीहरूले आफ्नो इन्टरपोल र अन्य अन्तर्राष्ट्रिय अपराध एकाइहरूसँग सम्बद्धता रहेको दाबी गरेका थिए।
'अपराधीहरूले आफूलाई सरकारी कर्मचारीका रूपमा प्रस्तुत गरेका थिए,' प्रहरीले भन्यो।
प्रहरीले धेरै मोबाइल फोन, चेकबुक, स्ट्याम्प सिल र परिचय पत्रहरू बरामद गरेको छ।
नयाँदिल्ली नजिकैको भाडाको घरबाट नक्कली दूतावास चलाएको र विदेशमा रोजगारी दिने वाचा गरेर जागिर खोज्नेहरूलाई पैसा ठग्ने आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको केही हप्तापछि यो पक्राउ गरिएको हो।
अभियुक्तले अवैध ‘पश्चिम आर्कटिक दूतावास’ सञ्चालन गरिरहेको थियो र ‘पश्चिम आर्कटिका, सबोर्गा, पोल्भिया, लोडोनिया’ लगायत काल्पनिक राष्ट्रहरूको राजदूत भएको दाबी गरेको थियो।
प्रकाशित: २६ श्रावण २०८२ १३:३६ सोमबार





