१६ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

जनकपुरमा सद्‌भाव र्‍याली

जनकपुरधाममा सद्‌भाव र्‍याली निकालिएको छ। हिन्दु-मुस्लिम समुदायको अगुवा तथा जनप्रतिनिधिहरूको सहभागितामा रेल्वे स्टेशनबाट सद्‌भाव र्‍याली निकालिएको हो।

दुई समुदायबीच उत्पन्न विवाद समाधानका लागि प्रमुख जिल्ला अधिकार प्रेमप्रसाद लुइँटेलको अगुवाइमा शनिबार बिहान निकालिएको सद्‌भाव र्‍याली जनकपुरको विभिन्न ठाउँमा पुगेको छ।

केही दिनयता तनावपूर्ण स्थिति अन्त्य गर्न शुक्रबार प्रमुख जिल्ला अधिकारीले सर्वपक्षीय बैठकबाट शनिबार (आज) सद्‌भाव र्‍याली निकाल्ने निर्णय गरेको थियो।

र्‍यालीमा विभिन्न दलबाट निर्वाचित प्रतिनिधिसभा सदस्य र जनकपुरधाम उपमहानगरपालिकाका जनप्रतिनिधिहरूको सहभागिता रहेको छ।

जनकपुरमा हिन्दु समुदायका विभिन्न संघसंस्थाले सुनसरीको कप्तानगंञ्ज भएको घटनाको विरोधमा बिहीबार प्रदर्शन गरेको थिए।

स्थिति नियन्त्रण गर्न जिल्ला प्रशासन धनुषाले बिहीबार दिउँसोदेखि जनकपुरमा कर्फ्यु जारी गरेको छ। यद्यपि शनिबार आज बिहान ५ देखि १० बजेसम्म हटाइएको छ।

प्रकाशित: १६ श्रावण २०८३ ०९:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App