१६ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

'भदौ २४ को टीओबी प्रायोजित आमहिंसाका अतिवादी जरा नष्ट नगरेसम्म देश अराजक अस्थिरबाट तङरिनै सक्दैन'

नेकपा एमालेका नेता गोकुल बास्कोटाले भदौ २४ गते भएको हिंसात्मक घटनाका प्रायोजक र त्यसका मूल कारणमाथि कारबाही नगरेसम्म देशमा अराजकता र अस्थिरता अन्त्य हुन नसक्ने बताएका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत बास्कोटाले यस्तो बताएका हुन्। उनले भदौ २४ को घटनालाई टीओबी प्रायोजित आतङ्कवादी आमहिंसाको संज्ञा दिएका छन्। उनले उक्त घटनाका अतिवादी जरा नष्ट नगरेसम्म देश स्थायित्वतर्फ अघि बढ्न नसक्ने दाबी गरेका छन्।

उनले सरकारलाई प्रश्न गर्दै ती हिंसात्मक गतिविधिको दृश्य तथा अदृश्य प्रायोजक को थिए भन्ने सत्य बाहिर ल्याउन र उनीहरूलाई कानुनी दायरामा ल्याउन तत्परता देखाउन आग्रह गरे।

बास्कोटाले दण्डहीनताको संरक्षण स्वीकार्य नहुने उल्लेख गर्दै सरकारसँग स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेका छन्। साथै, उनले सरकारलाई घटनाबारे जवाफ दिन आग्रह समेत गरे।

'गएको भदौ २४ को टीओबी प्रायोजित आतङ्कवादी आमहिंसाका अतिवादी जरा नष्ट नगरेसम्म देश अराजक अस्थिरबाट तङरिनै सक्दैन। त्यो धतुरे झाडी फाँड्न त्यै जगमा सिरानी हालेर सुतेको यो सरकार तत्पर छ? दृष्य, अदृष्य प्रायोजक को थिए? दण्डहिनताको रक्षा स्वीकार्य छैन। नो ईफ, बट एण्ड अगेन। बोल सरकार एक फेर बोल!' बास्कफटाले भनेका छन्।

प्रकाशित: १६ श्रावण २०८३ ०९:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App