१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा सडक दुर्घटना हुँदा आठ जनाको मृत्यु, ४५ घाइते

भारतको उत्तर प्रदेशमा राष्ट्रिय राजमार्ग ३४ मा सडक दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ। 

प्रहरीका अनुसार कासगंजबाट राजस्थान जाँदै गरेको ट्रयाक्टर-ट्रलीलाई तीव्र गतिको ट्रकले ठक्कर दिएपछि दुर्घटना भएको हो। प्रहरी अधिकारी दिनेश कुमार सिंहले भने, ‘राति २:१५ बजेतिर अलीगढ सीमामा यो दुखद घटना भयो। ट्रयाक्टरमा करिब ६० जना यात्रा गरिरहेका थिए। ठक्करका कारण ट्रयाक्टर पल्टियो र धेरै मानिस घाइते भए।’

यो दुर्घटनामा ४५ जना घाइते भएका छन्, जसमध्ये तीन जनाको अवस्था गम्भीर छ। प्रहरीले ट्रक नियन्त्रणमा लिएको जानकारी दिएको छ।

प्रकाशित: ९ भाद्र २०८२ ०९:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App