२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

टेस्लालाई ‘उछिन्दै’ चीनको बिवाइडीले सन् २०२५ मा रेकर्ड कार बिक्री गर्‍यो

चिनियाँ विशाल विद्युतीय कार निर्माता बिवाइडीले सन् २०२५ मा २२ लाख ६० हजार विद्युतीय सवारी साधन बिक्री गर्न सफल भएको कम्पनीले बिहीबार एक विज्ञप्तिमार्फत सार्वजनिक तथ्यांकले देखाएको छ।

यसले विश्वव्यापी रूपमा कुनै पनि फर्मले भन्दा बढी कार बिक्रीको नयाँ रेकर्ड स्थापित गरेको छ।

यो तथ्यांकले बिवाइडीलाई पहिलो पटक वार्षिक रूपमा एलन मस्कको टेस्लालाई उछिन्ने अवस्थामा ल्याएको छ। टेक्सासमा रहेको टेस्लाले सन् २०२५ सेप्टेम्बरको अन्त्यसम्म १२ लाख २० हजार विद्युतीय सवारी साधन (कार) बिक्रीको घोषणा गरेको थियो।

टेस्लाले शुक्रबार सन् २०२५ को लागि आफ्नो कुल विद्युतीय कारको बिक्री संख्या घोषणा गर्ने अपेक्षा गरिएको छ।

हाइब्रिड कार पनि उत्पादन गर्ने शेन्जेनमा मुख्यालय रहेको बिवाइडीले हंकङ स्टक एक्सचेन्जमा प्रकाशित एक विज्ञप्तिमा तथ्यांक सार्वजनिक गरेको हो।

चिनियाँ भाषामा ‘बियादी’ वा अंग्रेजी ‘बिल्ड योर ड्रिम्स’ को सारांश बिवाइडी सन् १९९५ मा मूल रूपमा ब्याट्री निर्माणका लागि विशेष स्थापित फर्म भएको थियो। 

विश्वको सबैभन्दा ठुलो विद्युतीय कार निर्मातामध्येको एक बिवाइडीले चीनको अत्यधिक प्रतिस्पर्धी नयाँ ऊर्जा वाहन बजारमा प्रभुत्व जमाएको छ।

अब यसले विदेशमा आफ्नो उपस्थिति विस्तार गर्न खोजिरहेको छ। चीनमा बढ्दो मूल्यसँग सचेत उपभोग ढाँचाले नाफामा असर गरिरहेको छ।

बिवाइडी र यसका चिनियाँ प्रतिस्पर्धीहरूले संयुक्त राज्य अमेरिकामा भारी करको सामना गरिरहेका छन्।

बिवाइडीको सफलता दक्षिणपूर्व एसिया, मध्य पूर्व र युरोपमा पनि बढ्दै गएको छ, जसले युरोप महाद्वीपका परम्परागत उद्योगको लागि चिन्ता सिर्जना गरेको छ। 

टेस्लाले सन् २०२४ मा वार्षिक विद्युतीय कार बिक्रीमा बिवाइडी झिनो अन्तरले पछि पारेको थियो। सन् २०२४ मा टेस्लाले १७ लाख ९० हजार कार बिक्री गर्दा बिवाइडीको बिक्री १७ लाख ६० हजार पुगेको थियो। एएफपी

प्रकाशित: १८ पुस २०८२ ०७:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App