२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चार्ली कर्क हत्या प्रकरण : पत्नी एरिकाको बयान सार्वजनिक

चार्ली कर्कको हत्यापछि उनकी पत्नी एरिका कर्कले पहिलो पटक बोलेकी छन्। उनले प्रहरीसहित चार्लीको जीवन बचाउन प्रयास गरेका सबैलाई धन्यवाद दिइन्। 

साथै कर्कको टोली, राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति  जेडी भान्सलाई पनि धन्यवाद दिएकी छन्। ट्रम्पलाई सम्बोधन गर्दै उनले भनिन्, ‘जसरी तपाईंले उनलाई समर्थन गर्नुभयो, त्यसरी नै उनले पनि तपाईंलाई समर्थन गरे।’

एरिकाले चार्लीको सन्देश, क्याम्पस भ्रमण र पोडकास्ट जारी राख्ने वाचा गरिन्। हत्याराको बारेमा उनले भनिन्, ‘तिमीलाई थाहा छैन तिमीले यो पत्नीभित्र कस्तो आगो सल्काएका छौ। यो विधवाको पुकार युद्धको पुकारजस्तै संसारभरि गुन्जनेछ।’

साथै उनले चार्लीको विरासत जीवित राख्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले भनिन्, ‘अराजकता, शंका र अनिश्चितताले भरिएको यो संसारमा मेरो पतिको आवाज सधैं रहिरहनेछ।’

उता, चार्ली कर्कको हत्याको सन्दिग्ध २२ वर्षीय टायलर रबिन्सनलाई पक्राउ गरिएको छ। युटाहको एक कलेजमा बुधबार उनको गोली हानी हत्या भएको थियो। ३१ वर्षीय कर्क देशभरका कलेजहरूमा खुला बहस आयोजना गर्ने व्यक्तिका रूपमा परिचित थिए। उनी ट्रम्पका विश्वासिला सहयोगीमध्य एक थिए। एजेन्सी

प्रकाशित: २८ भाद्र २०८२ १३:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App