२९ वैशाख २०८३ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बलात्कारको आरोपमा श्रीलंकाका बौद्ध धर्मगुरु पक्राउ

श्रीलंकाका एक उच्च पदस्थ बौद्ध धर्मगुरुलाई १५ वर्षीया बालिकाको बलात्कार र यौन दुर्व्यवहारको आरोपमा जेल चलान गरिएको छ।

पक्राउ पर्नेमा श्रीलंकाका आठ पवित्र बौद्ध स्थलहरूको प्रमुख धर्मगुरु पलेगामा हेमरथना रहेका छन्।

श्रीलंकाको बाल संरक्षण प्राधिकरणको निवेदनपछि उनलाई पक्राउ गरिएको हो। पहिले मुद्दामा संदिग्धको रूपमा नाम राखिए पनि उनलाई पक्राउ नगरेकोमा प्रहरीको आलोचना गरेको थियो।

पलेगामा हेमरथनाले आरोपहरूमा सार्वजनिक रूपमा टिप्पणी गरेका छैनन्। उनी १२ मे मा अदालतमा उपस्थित हुनेछन्।

दुर्व्यवहारमा सहयोग गरेको र उक्साएको आरोपमा आरोपित पीडितकी आमालाई पनि पक्राउ गरिएको छ।

शनिबार पक्राउ परेका उनी अहिले  कोलम्बोको एक निजी अस्पतालमा उपचाररत छन्। उनलाई कोलम्बो जेल अस्पतालमा स्थानान्तरण गरिने बताइएको छ।

श्रीलंकामा बौद्ध भिक्षुहरू कमै मात्रामा पक्राउ पर्छन्। उनीहरू राजनीतिक रूपमा शक्तिशाली र समाजद्वारा सम्मानित व्यक्ति मानिन्छन्।

प्रकाशित: २७ वैशाख २०८३ १२:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App