आइसिसी विश्वकप लिग २ मा स्कटल्यान्डविरुद्ध नेपालले २२१ रनको लक्ष्य पछ्याइरहेको छ। वर्षा प्रभावित खेलमा ३९ ओभरमा २२१ रनको परिभार्जित लक्ष्य पछ्याइरहेको नेपालले एकै ओभरमा दुई विकेट गुमाएको छ।
ओपनर विनोद भण्डारीलाई १० रनमा गुमाएको नेपालका अर्जुन कुमाल भने शुन्य रनमा आउट भए। उनीहरुलाई मार्क वाटले आउट गरे।
नेपालले ७ ओभरको समाप्तिमा २ विकेट गुमाएर २१ रन बनाएको छ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ओभरमा ८ विकेट गुमाएर २४३ रनको योगफल तयार पारेको थियो। तर दोस्रो इनिङ्स सुरु हुनु अघि वर्षा भएपछि नेपालले उक्त लक्ष्य पाएको हो।
प्रकाशित: २९ वैशाख २०८३ १५:४५ मंगलबार





