२१ मंसिर २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बांग्लादेशको ‘विद्यार्थी विद्रोह’ : अपदस्थ प्रधानमन्त्री हसिना दोषी ठहर

बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले सोमबार अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा दोषी ठहर गरेको छ। महिनौँ लामो सुनुवाइपछि उनलाई गत वर्ष विद्यार्थी नेतृत्वको विद्रोहमाथि घातक दमनको आदेश दिएकोमा सजाय तोक्न लागिएको हो।

न्यायाधिकरणले शेख हसिना, पूर्व गृहमन्त्री असदुज्जमान खान कमल र पूर्व प्रहरी महानिरीक्षक चौधरी अब्दुल्लाह अल–मामुनलाई दोषी ठहर्‍याउँदै मुद्दाको फैसला सुनाइरहेको छ। ‘मुद्दामा प्रस्तुत सबै प्रमाणहरू वास्तविक छन्, कृत्रिम बुद्धिमत्ताद्वारा निर्मित होइनन्,’ न्यायाधिकरणले भन्यो।

फैसला पढ्दा अदालतमा चौधरी मात्र उपस्थित थिए। उनले गत वर्षको विद्रोहमा संलग्न भएको स्वीकार गरेका छन्। शेख हसिना र असदुज्जमान दुवै फरार छन्। शेख हसिना भारतमा निर्वासनमा बसेकी छन्।

७८ वर्षीया शेख हसिनाले अगस्ट २०२४ मा  विद्यार्थी विद्रोहबाट पद गुमाउनु परेको थियो। संयुक्त राष्ट्र संघको प्रतिवेदनअनुसार जुलाई १५ देखि अगस्ट १५ सम्मको ‘जुलाई विद्रोह’ मा १४ सय जनासम्म मारिएका थिए।

फैसला अघि मुहम्मद युनुसको नेतृत्वको अन्तरिम सरकारले ढाका र आसपास सुरक्षा कडा पारेको छ। एजेन्सी

प्रकाशित: १ मंसिर २०८२ १४:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App