२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा फेरि भूकम्प : मृतक संख्या १४ सय पुग्यो

अफगानिस्तानमा फेरि एक पटक भूकम्पको धक्का महसुस गरिएको छ। मंगलबार दक्षिण-पूर्वी भागमा ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो। यसअघि आइतबार राति अफगानिस्तानको जलालाबादमा ६.० म्याग्निच्युडको भूकम्प गएको थियो।

भूकम्पबाट मृत्यु हुनेको संख्या हालसम्म १४ सय ११ पुगेको छ भने घाइतेको संख्या ३२ सय ५० भन्दा बढी पुगेको छ। आइतबार भूकम्प आउँदा अधिकांश मानिसहरू सुतिरहेका थिए, जसका कारण उनीहरू भवनहरूको भग्नावशेषमुनि पुरिएका थिए। समाचार एजेन्सी एपीका अनुसार तालिबानले यो जानकारी दिएको हो।

अफगानिस्तानको तालिबान सरकारले विश्वभरबाट सहयोग मागेको छ।

प्रकाशित: १८ भाद्र २०८२ ०९:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App