बग्दादीकी दिदी पक्राउ
इस्लामिक स्टेट्स (आइएस) लडाकू समूहका पूर्वप्रमुख अबु बकर अल बग्दादीकी दिदीलाई उत्तरी सिरियाबाट पक्राउ गरिएको टर्कीले मङ्गलबार जनाएको छ। अमेरिकी विशेषबलले सिरियाको इद्लिब प्रान्तमा गरेको एक सुरक्षा कारबाहीमा अल बग्दादी मारिएका थिए।

