कन्टेनरमा फेला परेका सबै मृतक भियतनामी भएको प्रहरीको विश्वास

बेलायतमा केही दिन अगाडी कन्टेनरमा मृत अवस्थामा फेला परेकाहरु भियतनामी नागरिक भएका बेलायती प्रहरीले विश्वास व्यक्त गरेको छ। प्रहरी अधिकारीहरुले शुक्रबार बताएअनुसार पछिल्लो अनुसन्धानले उनीहरु सबै जना भियतनामी हुनसक्ने देखिएको बताएका हुन्।