११ माघ २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

प्रेमसम्बन्ध बाहिरिएपछि म्याक्डोनाल्ड्स प्रमुख निष्कासित

न्युयोर्क – अमेरिकी प्रसिद्ध रेष्टुरेन्ट कम्पनी म्याक्डोनाल्ड्सले उसको प्रमुख कार्यकारी स्टिभ इस्टर ब्रुकलाई पदबाट हटाएको छ। आइतबारको निर्णयअनुसार ब्रुकको स्थानमा म्याकडोनाल्ड्सले कम्पनीको अमेरिका प्रमुख (अध्यक्ष) क्रिस केम्पजिन्स्कीलाई नियुक्त गरिसकेको छ। केम्पजिन्स्की म्याकडोनाल्डको सञ्चालक समितिको निर्वाचित निर्देशकमध्ये एक हुन्।

आफ्नै कार्यालयका कार्यरत एक कर्मचारीसँग प्रेमसम्बन्ध राखेको सूचना बाहिरिएपछि ब्रुकलाई जिम्मेवारीबाट हटाइएको सो कम्पनीले जनाएको छ। ब्रुकले कर्मचारीसँग सहमतिमा नै प्रेमसम्बन्ध राखेको भए पनि कम्पनीको नेतृत्वमा रहेर कम्पनीको अनुशासन र नीति उल्लङ्घन गरेको आरोप लगाइएको छ।

कर्मचारीसँग प्रेम सम्बन्ध गाँस्ने कुरा कमजोर निर्णय क्षमता भएको उनीमाथि कम्पनीले आरोप लगाएको छ।
ब्रुकले पनि महिला कर्मचारीसँग आफ्नो प्रेमसम्बन्ध रहेको स्वीकार्दै आफूले गल्ती गरेको महसुस भएको र कम्पनीको मूल्य र मान्यतालाई ध्यान दिँदै जागिर छोड्न बोर्डसँग सहमतिसमेत गरिसकेको सञ्चार माध्यमसँग बताएका छन्। 

बेलायती नागरिक ब्रुकले श्रीमतीसँग भने सम्बन्ध विच्छेद गरिसकेका छन्। ५२ वर्षीय ब्रुकले सन् १९९३ मा लन्डनमा म्याक्डोनल्ड्सको व्यवस्थापकका रूपमा कम्पनीको काममा जोडिएको थिए भने सन् २०१५ मा म्याक्डोनल्ड्सका प्रमुख कार्यकारी पदमा नियुक्त भएका थिए।

ब्रुकले म्याक्डोनल्ड्सको ख्यातीलाई नयाँ नयाँ योजना र सेवाका सूचीद्वारा कम्पनीलाई उचाइमा पुर्‍याएका थिए। उनको नेतृत्वबाट कम्पनीको शेयर मूल्यमा निकै वृद्धि भएको थियो। एजेन्सी

प्रकाशित: १९ कार्तिक २०७६ ०२:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App