बहुमत परीक्षणमा सफल भयो ठाकरे सरकार

नाटकीय रूपमा महाराष्ट्र सरकारको नेतृत्व गर्न पुगेका शिवसेना अध्यक्ष उद्धव ठाकरे नेतृत्वको ‘महा विकास अघाडी’ गठबन्धले विधानसभामा बहुमत पु-याएको छ। महाराष्ट्र विधानसभामा सबैभन्दा ठूलो दल भारतीय जनता पार्टी (भाजपा) बाहेकको सो गठबन्धन सरकारले एक सय ६९ जनाको समर्थन पाएको हो।