२० आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दक्षिणी सहर खेरसन रुसी सेनाको हातमा

किभ–युक्रेनमा रुसी हमलाको सातौं दिन युक्रेनको दक्षिणी सहर खेरसन रुसी सेनाको हातमा पुगेको छ।

औषधी र खानेकुरालगायत खाद्यन्नको आपूर्ती सुनिश्चतका लागि राष्ट्रिय सरकारलाई सहयोग गर्न सो सहरका मेयरले आह्वान गरेका छन्।

रुसी सेनाको हमलामा २०० जनाको मृत्यु भएको स्थानीय परिषद्का एक सदस्यले जानाकारी दिएका छन्। मारिनेमध्ये अधिकांश सर्वसाधारण रहेको जनाइएको छ।  

उत्तरपश्चिमी युक्रेनी सहर जाइटोमायरमा आपतकालीन कर्मचारीहरुले रुसी सेनाको मिसाइल हमलामा आवसीय भवनमा लागेको आगो निभाइरहेका छन्। सो सहरमा चार जना मारिएको रुसी अधिकारीहरुले जनाएका छन्। 

प्रकाशित: १८ फाल्गुन २०७८ ०२:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App