२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रुसी राष्ट्रपति पुटिन भारत भ्रमणमा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सोमबार भारत भ्रमणमा आएका छन्। भारतमा आयोजना भइरहेको २१औं भारत–रुस सम्मेलनमा भाग लिन उनी नयाँ दिल्ली आएका हुन्।

केही घण्टाका लागि भारत आएका पुटिनको भ्रमणमा विश्वभरको नजर परेको छ। पुटिनले कोरोना महामारीले उनको मुलुकलाई ग्रस्त बनाएपछि कमै मात्रामा विदेश भ्रमण गर्ने गरेका छन्। यो वर्ष पुटिनले जेनेभा र दिल्लीको मात्र भ्रमण गरेकाले पनि यो भ्रमणलाई महत्वका साथ हेरिएको छ।

उनको भ्रमणका क्रममा रुस र भारतबीच रक्षालगायत विभिन्न सम्झौतामा हस्ताक्षर भएको छ। पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा दुई देशका रक्षामन्त्री राजनाथ सिंह र सर्गेई सोइगुले हस्ताक्षर गरेको रक्षा सम्झौताअनुसार एके–२०३ असल्ट राइफलको उत्पादन भारतमा हुने भएको छ। सम्झौताअनुसार सन् २०२१ देखि २०३१ सम्ममा ६ लाख एके–२०३ राइफल भारतले खरिद गर्नेछ।

रक्षा सम्झौताअन्तर्गत एस–४०० मिसाइल प्रतिरक्षा प्रणालीको हस्तान्तरणलाई निकै महत्वका साथ हेरिएको छ। अमेरिकाले उक्त सम्झौतालाई लिएर भारतमाथि प्रतिबन्ध लगाउनेसम्म सम्भावना रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारतले अहिले पनि करिब ८० प्रतिशत रक्षा उपकरण रुसबाट आयात गर्दै आएको छ।

प्रकाशित: २१ मंसिर २०७८ ००:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App