१ आश्विन २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी १३ जनाको मृत्यु, ९८ जना घाइते

इन्डोनेसियाको पूर्वी जाभाको माउन्ट सेमेरुमा भएको ज्वालामुखी विष्फोटमा परी  १३ जनाको मृत्यु  भएको छ। आइतबार राष्ट्रिय प्रकोप व्यवस्थापन निकाय (बीएनपीबी) ले सार्वजनिक गरेको तथ्याङ्क अनुसार घटनामा ९८ जना घाइते हुनुका साथै दुई वटा शवको पहिचान भइसकेको र अन्यको पहिचानको लागि खोजी भइरहेको छ। 

बीएनपीबीका प्रवक्ता अब्दुल मुहारीका अनुसार दुई सुत्केरीसहित घाइते सबैको अहिले नजिकैको स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। यसैबीच, ९०२ जनालाई गाउँको हल, विद्यालय भवन र पूजास्थलमा सारिएको छ। ज्वालामुखीको खरानीले धेरै घर, सडक र पुल पुरिएको बताइएको छ। अधिकारीहरूले भारी उपकरणहरू प्रयोग गरेर सडक छोप्ने खरानीमा बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेको बीएनपीबीले जनाएको छ।  

जाकार्ता समयानुसार शनिबार दिउँसो ३ः१० बजे ३ हजार ६७६ मिटर अग्लो माउन्ट सेमेरुमा ज्वालामुखी विस्फोट भएको थियो। 

प्रकाशित: १९ मंसिर २०७८ ११:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App