१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

लकडाउनविरुद्ध प्रदर्शन गर्दा अष्ट्रेलियामा हजारौँ पक्राउ

तस्बिर : एपी

अष्ट्रेलियामा लकडाउन विरुद्धमा प्रदर्शनमा उत्रिएका हजारौँको संख्यामा पक्राउ परेका छन्। देशको सबैभन्दा ठूलो र सबैभन्दा धेरै जनसङ्ख्या रहेको सहर सिड्नीबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। प्रदर्शनका क्रममा लकडाउन विरोधी प्रदर्शनकारी र प्रहरीका बीचमा झडपसमेत भएको थियो। यहाँ दैनिक सङ्क्रमितको सङ्ख्या बढीरहेको भन्दै चिन्ता व्यक्त गरिएको छ।

न्यु साउथ वेल्स प्रदेश सरकारले सिड्नी र त्यस आसपासको क्षेत्रमा आगामी सेप्टेम्बर महिनासम्म लकडाउन लागु गर्ने निर्णय गरिसकेको छ। महामारी नियन्त्रणमा आइनसकेकाले लकडाउनलाई निरन्तरता दिनु आवश्यक रहेको ठहर गर्दै अधिकारीले लकडाउनको म्याद थप गर्ने निर्णय गरेका हुन्। यस क्षेत्रमा लामो समयदेखि लकडाउन जारी छ। सिड्नीको बृहत क्षेत्र र आसपासका क्षेत्रमा लागु गरिएको लकडाउन यही अगस्ट २८ मा सकिन लागेको छ। तर सरकारको नयाँ निर्णयले अहिले लकडाउन अन्त्य नभएर फेरि एक महिना लम्बिने भएको छ।

प्रदर्शनकारीले लकडाउनको नियम उलङ्घन गरेको भन्दै प्रहरीले उनीहरुलाई प्रदर्शनमा रोक लगाएको थियो। प्रहरीको आदेश अस्विकार गर्नेलाई प्रहरीले पक्राउ गरेको हो। प्रदर्शनकारी र प्रहरीबीचमा झडप हुँदा कम्तीमा सात अधिकारी घाइते भएको प्रहरी कार्यालयले जनाएको छ। त्यसैगरी प्रदर्शनमा उत्रिएका २०० भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ। कतिपय क्षेत्रमा राति ९ बजेदेखि बिहान ०५ बजेसम्म कर्फ्यु पनि लागु गरिएको सरकारी अधिकारीले जनाएका छन्। तर अत्यावश्यक काम, स्वास्थ्य सेवालगायतका लागि भने स्थानीय अधिकारीको अनुमति र समन्वयमा हिँड्डुल गर्न पाइने व्यवस्था गरिएको छ। 

रासस

प्रकाशित: ५ भाद्र २०७८ १०:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App