२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदी बङ्गलादेशको २ दिने भ्रमणमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने भ्रमणको क्रममा आज बङ्गलादेश पुगेका छन्। बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दीका अवसरमा मोदीले बङ्गलादेशको भ्रमण गरेका हुन्।

उनलाई ढाका विमानस्थलमा प्रधानमन्त्री शेख हसिनाले स्वागत गरिन्। कोरोना कहर सुरु भएपछि यो उनको पहिलो विदेश यात्रा पनि हो।

मोदीलाई भारतीय समुदायका मानिसहरूले स्वागत गरेका छन्। उनी दिउँसो बङ्गलादेशका विदेश मंत्री एके अब्दुल मोमनसँग भेट गर्ने कार्यक्रम रहेको छ। त्यसपछि उनी राष्ट्रिय दिवस कार्यक्रममा सम्मिलित हुनेछन्।

प्रकाशित: १३ चैत्र २०७७ ०७:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App