२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा स्कुलको खाना खाएपछि ३६५ जना बिरामी

इन्डोनेसियाको एक शहरमा स्कुलको खाना खाएपछि तीन सय ६५ जना बिरामी परेका छन्।

राष्ट्रपति प्रबोवो सुबियान्तोको नि:शुल्क खाद्य कार्यक्रममा खाद्य विषाक्तताको यो अहिलेसम्मकै सबैभन्दा ठूलो घटना हो।

स्थानीय अधिकारीहरूले मध्य जाभाको सारागेनमा खाद्य वितरण अस्थायी रूपमा रोकिएको र खाद्य विषाक्तता जाँच गर्न नमूनाहरू सङ्कलन भइरहेको बताएका छन्।

देशमा पुड्कोपनको समस्या समाधान गर्न राष्ट्रपतिले नि:शुल्क खाना उपलब्ध गराउने वाचा गरेका थिए। यस कार्यक्रमको अनुमानित लागत २८ अर्ब डलर छ। यस कार्यक्रमको उद्देश्य देशका ८ करोड विद्यालयका बालबालिकालाई खाना उपलब्ध गराउनु हो।

सरकारले यस कार्यक्रममा धेरै पैसा खर्च गरिरहेको छ र यसका कारण धेरै मन्त्रालयहरूको बजेट कटौती गर्नुपरेको छ।

यस वर्षको जनवरीमा यो महत्वाकांक्षी कार्यक्रम सुरु भएदेखि देशभर एक हजारभन्दा बढी मानिसहरू बिरामी परेका छन्। जसका कारण सरकारले आलोचनाको सामना पनि गर्नु परेको छ।

प्रकाशित: ३१ श्रावण २०८२ ०८:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App