इरानमा फसेका ३१२ जना भारतीय माझीहरूलाई सुरक्षित रूपमा भारत ल्याइएको छ ।
इरानबाट आर्मेनिया हुँदै उनीहरुलाई सुरक्षित रूपमा स्वदेश फिर्ता गरेको विदेश मन्त्री एस जयशंकरले शनिबार बताए ।
सामाजिक सञ्जाल एक्समार्फत जयशंकरले जानकारी सार्वजनिक गरेका हुन् । उनले सुरक्षित निकासी सम्भव बनाउन सहजीकरण गरेकोमा आर्मेनियाली अधिकारीहरूलाई धन्यवाद दिए।
यसअघि अप्रिल–४ मा केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले विदेश मन्त्रालय (एमइए) को कूटनीतिक प्रयास पछि आर्मेनिया हुँदै इरानबाट स्वदेश फर्के पछि चेन्नईमा भारतीय माझीहरूलाई स्वागत गरेका थिए ।
पत्रकारहरूसँग कुरा गर्दै पियुष गोयलले पश्चिम एसियामा चलिरहेको द्वन्द्वको बिचमा इरानमा फसेका माझीहरूका परिवारका लागि माझिहरुको फिर्ती खुशीको अवसर भएको बताए ।
अप्रिल –२ मा, विदेश मन्त्रालयले एक हजार २०० भन्दा बढी भारतीय नागरिकहरूलाई इरानबाट सुरक्षित रूपमा स्थानान्त्रण गरिएको जनाइएको छ जसमध्ये ९९६ जनालाई आर्मेनिया सारिएकाहरुलाई विदेश मन्त्रालयले सहयोग गरिरहेको बताइएको छ ।
प्रकाशित: २८ चैत्र २०८२ १७:१८ शनिबार





