१७ असार २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

संयुक्त राष्ट्र संघको कारमा खिचिएको ‘सेक्स भिडियो’ भाइरल भएपछि...

फाइल तस्बिर

इजरायलमा संयुक्त राष्ट्र संघको एक आधिकारिक कारमा एक जोडीले यौन सम्बन्ध गरिरहेको भिडियो बाहिरिएपछि तनाव सिर्जना भएको छ ।  

संयुक्त राष्ट्र संघले घटना आपत्तिजनक रहेको भन्दै गम्भीर छानबिन भइरहेको जनाएको छ ।  

सामाजिक सञ्जालमा भाइरल भइरहेको त्यो भिडियो १८ सेकेन्डको छ । भिडियोमा संयुक्त राष्ट्र संघको कारको पछाडिपट्टिको सिटमा रातो लुगा लगाएकी महिलासँग एक पुरुषले यौन सम्बन्ध राखिरहेका छन् । 

यो सेक्स भिडियो इजरायलको तेल अविवको समुद्री किनारमा खिचिएको त्यसमा देखिने दृश्यबाट बुझिन्छ । भिडियोमा यौनरत मानिस पहिचान गर्ने प्रयास भइरहेको संयुक्त राष्ट्र संघले जनाएको छ ।  

संघले भनेको छः यौन भिडियोमा देखिएका व्यक्ति इजरायल शान्ति रक्षक दलका सदस्य हुन सक्छन्।

संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरसका प्रवक्ता स्टिफन डुजारिकले १८ सेकेन्डको त्यो भिडियोलाई ‘बीभत्स’ को संज्ञा दिएका छन् । ‘यदि ती मानिस संयुक्त राष्ट्र संघकै सदस्य रहेछन् भने हामी जुन दुर्व्यवहारविरुद्ध लडिरहेका छौं, त्यसको कुनै अर्थ हुने छैन र सबै हामीविरुद्ध हुनेछ।’  

त्यो यौन सम्बन्ध दुवैको सहमति भएको हो वा पैसा लेदनमा भन्ने प्रश्नको जवाफमा प्रवक्ता डुजारिकले यसबारे अहिले अनुसन्धान  जारी रहेको बताए।

आफ्ना कर्मचारीको व्यवहार÷आचरणका विषयमा संयुक्त राष्ट्र संघले कडा नीति  अवलम्बन गरेको छ । नियम उल्लंघन गर्ने  कर्मचारीलाई उसले अनुशानसको कारबाही गर्ने गरेको छ।

प्रवक्ता डुजारिकले भनेका छन्, ‘यस घटनाको अनुसन्धान द्रुत गतिमा भइरहेको छ र दोषीलाई कडा कारबाही गरिनेछ ।’ बिबिसी

प्रकाशित: १३ असार २०७७ ०८:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App