भारतमा एकै दिनमा अर्थात् गत २४ घन्टामा १४ हजारभन्दा बढी संक्रमित भेटिएका छन्। भारतमा एकैदिन यति धेरै मानिस संक्रमित भएको यो पहिलो घटना भएको अधिकारीले जानकारी दिएका छन्।
शनिबार प्राप्त समाचारमा भारतमा १४ हजार ५ सय १६ जना संक्रमित भेटिएका हुन्। यो सँगै भारतमा संक्रमितको संख्या ४ लाखनजिक पुगेको छ।
भारतको संघीय स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारसम्म ३ लाख ९६ हजार १ सय ८२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। भारतभरमा भएका ती संक्रमितमध्ये १२ हजार ९ सय ७० व्यक्तिको मृत्यु भएको छ।
भारतमा निको भएर घर फर्किनेको संख्या २ लाख १४ हजार २ सय ९ छ। यहाँ अझै उपचाररत १ लाख ६८ हजार २६९ रहेको बताइएको छ।
प्रकाशित: ६ असार २०७७ १४:२८ शनिबार





