१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकामा पक्राउ परेका इरानी वैज्ञानिक रिहा

इरानका विदेशमन्त्री मोहम्मद जावद जरिफले संयुक्तराज्य अमेरिकामा पक्राउ परेका इरानी वैज्ञानिक मुक्त भएर स्वदेश फर्कन लागेको बताएका छन्।

मन्त्री जरिफले इरानी बैज्ञानिक डा. सिरोज असगरी सवार बिमान अमेरिकाबाट इरानका लागि प्रस्थान गरिसकेको पनि बताए।

डा. असगरीमाथि अमेरिकी व्यापारिक गोपनीयता चोरी गरेको अभियोगमा सन् २०१६ मा पक्राउ गरिएको थियो। उनी त्यसबखत अमेरिकाको ओहायोमा प्राज्ञिक कामको सिलसिलामा भ्रमणमा गएका थिए।

तेहरानको शरिफ प्रविधि विश्वविद्यालयका ५९ वर्षीय बैज्ञानिक डा असगरलाई गत नोभेम्बरमा अमेरिकी एक अदालतले छाड्ने आदेश दिएको थियो।

गत मार्चमा बेलायती अखबार दी गार्डियनले डा सिरोजले आफूलाई अत्यावश्यकीय सरसफाईका सामान समेत नदिई लुजिआनास्थित अध्यागमनको थुनामा राखिएको भन्दै अन्तर्वार्ता दिएका थिए।

सोमबार इरानी विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसभीले डा असगरीमाथिको मुद्दा टुंगिएको जानकारी दिएका थिए। इरान र संयुक्तराज्य अमेरिका दुबैले एकअर्का मुलुकका केही नागरिकलाई बन्दी बनाएर राखेका छन्।

इरानमा हालसम्म पनि कम्तीमा पाँच जना अमेरिकी नागरिक थुनामा छन् भने अमेरिकामा कम्तीमा १९ जना इरानी बन्दी छन्। 

प्रकाशित: २० जेष्ठ २०७७ ०८:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App