coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

यस्तो छ दुवईमा कोरोनाविरुद्धको हाईटेक वार

स्मार्ट प्रहरीको स्मार्ट हेल्मेटदेखि लिएर अत्याधुjनिक प्रविधिले सुसज्जित अनुसन्धान प्रयोगशालाहरुले कोरोना विरुद्धको लडाइँमा दुवईले अवलम्बन गरेको “हाईटेक” वारलाई प्रतिविम्बित गरिरहेको छ।

पर्यटन र व्यवसायको “हब जोन” मानिने दुवईलाई यतिबेला कोरोनाको महामारीले चुनौतीसंगै स्वास्थ परीक्षण तथा उपचार प्रणालीमा समेत अब्बल रहेको प्रमाणित गर्ने अवसर जुराईदिएको छ।  

विश्वलाई नै चकित पार्ने आलिशान मिनारहरुको निर्माण र अत्याधुनिक प्रविधिको प्रयोगमा छलाङ्ग मारिरहँदा थपिएको कोरोना भाईरसको चुनौतीले दुवईलाई वैज्ञानिक पद्धतिको उपयोगबाट कोरोना भाईरसलाई परास्त गर्ने मौका जुरेको छ।

कोरोना विरुद्धको लडाइँका लागि दुवईले हेल्थकेयर सिटिमा “कोभिड–१९ कमान्ड एन्ड कन्ट्रोल सेन्टर” स्थापना गरिसकेको छ। यसमा भाईरस एवं महामारीका विषयमा विज्ञता हासिल गरेका वरिष्ठ चिकित्सक, चिकित्सा वैज्ञानिक र अनुसन्धानकर्ताहरु मिलेर काम गरिरहेका छन्। यसलाई अत्याधुनिक अस्पताल , प्रयोगशाला र अनुसन्धान केन्द्रहरुको साझा घरको रूपमा विकास गरिएको छ।

स्वास्थ संकटको शुरूवातमै दुवईका राजकुमार एवं कार्यकारी परिषदका अध्यक्ष शेख हमदान बिन मोहम्मद बिन राशिद अल मकतूमले उक्त कमान्ड सेन्टरको स्थापना गरेका हुन। यसले वर्षौँदेखि दुवईले लागु गरिरहेको डिजिटल पद्धतिहरुको प्रयोग गरेर कोरोना भाईरस विरुद्ध विजय हासिल गर्ने अपेक्षा गरिएको छ।  

शुरूवातदेखि नै यहाँ कोरोना भाईरस नियन्त्रणका लागि आर्टि्फिसियल ईंटेलिजेंस, एआई, ड्रोन, आईसोलेसन पोड सहितको एम्बुलेन्स तथा रोबोट सहितका उन्नत तथा स्मार्ट प्रविधिहरुको प्रयोग गरिंदै आएको छ। दुवईमा यी प्रविधिहरुको उपयोग भएको धेरै भयो तर जब कोरोनाको महामारीले प्रवेश पायो तबदेखी यी प्रविधिहरुको उपयोग झनै बढ्यो। प्रहरीले प्रयोग गर्ने थर्मल स्क्यानर क्यामेरा जडित स्मार्ट हेल्मेटले टाढैदेखी मानिसको तापक्रम पत्ता लगाउँछ। जसले अस्वस्थ व्यक्तिको पहिचानमा सहायता पुर्याई रहेको छ। थ्रीडि प्रिन्टरबाट तयार पारिएका मेडिकल मास्क र फेस सिल्डले  कोरोना संक्रमितको उपचारमा स्वास्थकर्मीलाई ठूलो सहायता गरिरहेको छ।

आफ्नो गाडी भित्रैबाट कोरोना परीक्षण गर्न मिल्ने ड्राईभ थ्रो परीक्षण केन्द्रहरुको स्थापनादेखि लिएर गाडी भित्रैबाट सिनेमा हेर्न मिल्ने ड्राईभ ईन थिएटरले अहिले विश्वको ध्यान खिचेको छ दुबईमा।

यसैगरी कोरोनाबाट संक्रमित हुनेहरुलाई ट्रेस गर्नका लागि विभिन्न स्मार्ट एपहरु निर्माण गरिएका छन्। ती मध्ये एक हो “अल होश्न” एप्लिकेसन। जुन सबैलाई डाउनलोड गर्न भनिएको छ। कोरोना संक्रमितलाई त अनिवार्य रूपमा डाउनलोड गर्नैपर्ने नियम लागू भएको छ।

महामारी फैलिए यता दुवईमा अघोषित लकडाउन लागू गरिएको थियो। पछिल्लो समय त्यसलाई केही खुकुलो बनाईएको छ। यद्यपि अहिले पनि साँझ ८ बजेदेखि बिहान ६ बजेसम्म केही अत्यावश्यक काममा बाहेक बाहिर निस्कन बन्देज गरिएको छ। यसबारे प्रत्येक दिन हरेक व्यक्तिको मोबाईलमा विशेष घण्टी सहितको सन्देश पठाएर सचेत गराईने गरिएको छ।

कोरोना परीक्षणका हिसाबले सबैभन्दा धेरै परीक्षण गर्ने राष्ट्रहरु भित्र पर्ने दुवई राज्य संयुक्त अरब ईमिरेट्सको एउटा महत्त्वपूर्ण अंग हो। यहाँ संक्रमितहरुको उपचारका लागि प्रयोग गरिएको स्टिम सेल थेरापी विधि निकै सफल बन्दै गएको।

 

प्रकाशित: १३ जेष्ठ २०७७ ०३:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App