७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

न्यूयोर्क टाइम्सको फरक फ्रन्ट पेज, हजार मृतकको नाम र परिचय

कोरोना कहर

 अमेरिकी दैनिक न्युयोर्क टाइम्सले आइतवारको आफ्नो संस्करणमा पहिलो पृष्ठ  नितान्त फरक ढंगल अहिलेको कोरोना भाइरसबाट भएको क्षतिबारे बुझाउन खोजेको छ। पत्रिकाको पहिलो पेजमा कोरोनाभाइरसका कारण मृत्यु भएका १ हजार मानिसहरुको नाम छापिएको छ। अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेका संख्या १ लाख नजिक पुगेपछि त्यसको १ प्रतिशत अर्थात १ हजार मानिसहरुको नाम, उमेर र सक्षिप्त परिचय त्यसमा समावेश गरिएकोछ।

कोरोनाभाइरसको पहिलो केश पत्ता लागेको ५ महिनासम्ममा आइपुग्दा यो संक्रामक भाइरसका कारण मृत्यु हुने संख्याका हिसावले अमेरिका पहिलो स्थानमा छ।  

कोरोना भाइरसले अमेरिकालाई पारेको प्रभाव तथ्याकमा मात्र मापन गर्न सकिन्न, चाहे त्यो उपचार गरिएको तथ्याक होस, संकटमा परेको जागिर होस अथवा छुट्टिन गएको जीवन। समाचारमा भनिएकोछ, भाइरसका कारण १ लाखको ज्यान गएपछि न्युयार्क टाइम्सले समवेदना र मृत्युसम्बन्धी सूचना संकलन गरेर यी नाम र उनीहरूको छोटो परिचय फेला परेको हो। यी एक हजार दिवंगत व्यक्तिहरू मृतक संख्याको एक प्रतिशत हुन्।  

पहिलो पृष्ठमा ‘अमेरिकामा मृतकको संख्या १ लाख नजिक, बेहिसाब क्षति’ भनेर प्रमुख शीर्षक बनाइएको छ। समाचारको उपशीर्षकमा भनिएको, ‘उनीहरू यसमा सूचीकृत सामान्य नाम मात्र होइनन्, यी हामी हौं।’

पत्रिकाले शनिवार साँझै सो पृष्ठ ट्विट गरेको थियो, जसको केही घण्टामै ६१ हजार पटक रिट्विट भएको थियो भने १ लाख १६ हजारले लाइक गरेका थिए।  

आगामी नाभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिको चुनावी दौडको अग्रपक्तिमा रहेका जो वाइडनले अमेरिकाका लागि यो ठूलो झट्का भएको र समाचारमा आउने मृत्युहरूले तथ्यांक भन्दा वढी अर्थ राख्ने र मृत्यु झेल्ने परिवार एवं समुदाय पहिलाको जस्ता नहुने भन्दै ट्विट गरेका छन्। पहिलो पृष्ठमा कुनै फोटो र ग्राफिक्स विना यसरी पूरै नाम मात्र छापिनु आधुनिक समयको पहिलो घटना भएको विश्लेषकहरूले बताएका छन्।

 

 

 

प्रकाशित: ११ जेष्ठ २०७७ ०८:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App