९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा जन्मदिनकाे बहानामा २३ बालबालिकाको अपहरण

फरुखाबादको जमानतमा रिहा भएका एक हत्याका अपराधीले बिहीबार बिहान २३ जना बच्चाहरूलाई अपहरण गरि घरमा ८ घण्टासम्म बन्धक बनाएका थिए। प्रहरी र एटीएस बच्चाहरूको खोजीमा दिनभर हिडे पनि असफल भए। त्यस्तै, एनएसजी कमाण्डोको एक टोली राति नै फरुखाबाद गएर स्थानीयहरुको सहायताले रातिको १ बजे विशेष अपरेसन गरेर सुभाष बाथमको घरको ढोका फाेडेर बच्चाहरूलाई उद्धार गर्न सफल भएका छन्।

यसैबीच बाथम प्रहरीद्वारा मारिए भने आक्रोशित स्थानीयले उनकी श्रीमतीलाई निर्ममता पूर्वक पिटे। प्रहरीले उनकी श्रीमती रुबीलाई घाइते अवस्थामा अस्पताल लग्यो तर उनको पनि उपचारको क्रममा मृत्यु भयो। छोरीको जन्मदिनको बहाना बनाएर अपहरणकारीले गाउँलेहरूसँग बदला लिन घरको तल्लो भागको कोठामा बच्चाहरूलाई बन्द गरेर राखेका थिए।

डीजीपी ओपी सिंहले आफूहरु रातिको १ बजेर १० मिनेटमा घरको पछाडीको ढोकाबाट घरभित्र पस्नका लागि प्रयास गरेका थिए। यसैबीच बाथमले गोली चलाए र जवाफी कारबाहीमा आफै मारिए। उनको श्रीमती पनि गम्भीर घाइते भईन्। मुख्यमन्त्री योगी आदित्यनाथले प्रहरी टोलीलाई १० लाख भारतीय रुपैयाँ पुरस्कार स्वरुप दिने घोषणा गरेका छन्।

आईजी मोहित अग्रवालले भने, बाथमको घरको खोजतलास गर्ने क्रममा ठूलो मात्रामा राईफल कारतुस जस्ता विष्फोटक पदार्थ भेटिएको थियो।

मोहम्मदाबाद को करथिया गाउँमा जमानतमा छुटेका बाथमले छोरीको जन्मदिनको बहानामा बच्चाहरूलाई घरमा बोलाएर  एउटै कोठामा बन्द गरेर राखेका थिए। यसपछि, अत्यधिक मादक पदार्थ सेवन गरेका बाथम प्रहरीलाई धम्काउदै छतबाट कराउन थाल्यो। बच्चाहरुको उद्दारका लागि आएका प्रहरीमाथि बाथमले अन्धाधुन्द ६ पटक गोली चलाए र घर बाहिर बमको गोला फ्याकिदिए। साथै बमथमले ३५ किलो विष्फोटक पदार्थले घरनै उडाउने धम्की समेत दिएका थिए।

छिमेकीका अनुसार सुवास बाथमले आफ्नी छोरीको एक वर्षमा दोस्रो पटक जन्मदिन मनाइरहेका थिए। उनले ८ देखि १० हजार रुपैयाँको सामान लगेका थिए। आगनमा खेलिरहेका बच्चाहरुलाई चकलेटको लोभ देखाउदै बोलाए। जब एउटी महिला आफ्नो बच्चा लिन गइन् त्यतीनै बेला बाथमले गाउँलेहरूमाथि गोली हान्न सुरु गरे।

मौशाको हत्याको केशमा बाथमलाई आजीवन कारावास सुनाइएको थियो। उनी १० बर्ष जेलमा बसेका थिए। त्यसपछि उच्च अदालतले उनलाई जमानत दिएको थियो। करिब चार महिनाअघि स्वाट टोलीले उनलाई चोरीको केसमा समातेको थियो। त्यस बेलादेखि गाउँका मानिसहरुले उनीसँग दुश्मन झै व्यवहार गरे। यसैबीच गाउँलेहरूकै कारण आफू हत्याको आरोपमा फसेको शंका बाथमले गरे। प्रहरी र गाउँलेहरूसँग बदला लिनका लागि उनले बच्चाहरूलाई बन्धक बनाउने योजना गरेका थिए। एजेन्सी

प्रकाशित: १७ माघ २०७६ ०९:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App