१३ आश्विन २०७७ मंगलबार
अन्तर्राष्ट्रिय

आन्तरिक आक्रमणमा परी २३ सुरक्षाकर्मी मारिए

घाज्नी- अफगानिस्तानको पूर्वी क्षेत्रमा पर्ने घाज्नी प्रान्तमा भएको घटनामा परी २३ सुरक्षाकर्मीको मृत्यु भएको छ।

प्रान्तीय परिषद्का प्रमुख नासिर अहमद फाक्विरीले शनिबार भएको आन्तरिक घटनामा परी उनीहरुको मृत्यु भएको जानकारी दिए।

क्वाराबाघ जिल्लामा रहेको एउटा सुरक्षाचौकीमा सुतिरहेका बेला आफ्नै सहकर्मीले गोली चलाएपछि उनीहरुको घटनास्थलमै मृत्यु भएको उनले बताए।

शनिबार बिहानको समयमा घटना भएको अधिकारीले जानकारी दिएका छन्। घटनामा परी अरु दुई सुरक्षाकर्मी घाइते भएका छन्। सिन्ह्वा

प्रकाशित: २८ मंसिर २०७६ १५:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App