८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

काबुलको विस्फोटमा बाह्र जनाकाे मृत्यु

काबुल- अफगानिस्तानको राजधानी काबुलमा बुधबार बिहानको अति व्यस्त समयमा भएको एक विस्फोटमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १२ पुगेको छ।

यस आक्रमणमा मारिनेहरुमा  तीन जना बालबालिका रहेका जनाइएको छ। स्थानीय समय अनुसार बुधबार बिहान ७ बजेर २५ मिनेटमा सो विस्फोट भएको थियो।

यस विस्फोटमा चार विदेशीसहित २० जना सख्त घाइते भएका गृह मन्त्रालयका प्रवक्ता नसरात राहिमीले ट्वीटरमार्फत जानकारी दिएका छन्। शक्तिशाली विस्फोटन भएको नजिकै रहेका भवन, केही पसल र सवारी साधनमा क्षति पुगेको जनाइएको छ।

गृह मन्त्रालयको पछाडि रहेको एक सडकमा दौडिरहेका सशस्त्र फौजको जीप लक्षित आत्मघाती कारबम आक्रमण भएको प्रत्यक्षदर्शी अब्दुल शाहले बताएका थिए।  

बम विस्फोट गरिएको सो इलाकालाई सुरक्षाफौजले घेरा हालेर खोजतलास सुरु गरिएको छ। उक्त आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैनन्। सिन्हवा

प्रकाशित: २८ कार्तिक २०७६ ०८:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App