coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

समर्थक बनेर सांसदमाथि छुरा प्रहार

जुनियस हो

हङकङ (बिबिसी) – समर्थकका रूपमा आएका एक व्यक्तिले बेइजिङ समर्थित एक सांसदलाई हङकङको एउटा सडकमा छुरा प्रहार गरी घाइते बनाएको छ।

अनलाइनमा प्रकाशित एउटा फुटेजमा एकजना मानिस जुनियस हो नामका सांसदसमक्ष फूल बोकेर गएको देखिएको छ। सांसदनजिक पुगेर ती व्यक्तिले उनीसँग तस्बिर लिन चाहेको बताए पनि पछि उनले छुरा प्रहार गरेको बताइएको छ।

छुरा प्रहारबाट घाइते भएका सांसद हो र त्यहाँ उपस्थित अन्यले प्रतिकार गरी ती आक्रमणकारीलाई भुइँमा लडाउन सफल भएको बताइएको छ।

ह्ङकङमा पछिल्लो समय बेइजिङ समर्थक वा लोकतन्त्र समर्थकमाथि भइरहेका आक्रमणको रूपमा पछिल्लो आक्रमणलाई पनि लिइएको बिबिसीले उल्लेख गरेको छ।

सांसद होले युयन लङ स्टेसनमा सर्वसाधारण मानिसमाथि आक्रमण गर्न सहयोग पु-याएको आरोप गत जुलाई महिनामा लोकतन्त्र पक्षधर प्रदर्शनकारीले लगाएका थिए।

बुधबार बेइजिङ समर्थित सांसदमाथि भएको आक्रमणलाई प्रतिशोधपूर्ण कार्यको रूपमा हेरिएको छ।

त्यसबेला अनुहारमा मास्क लगाएका र सेतो सर्टमा देखिएका शंकास्पद ग्याङस्टरले लोकतन्त्र पक्षधर प्रदर्शनकारी र नजिकैका मानिसमाथि आक्रमण गरेका थिए।

त्यसबेला होले आक्रमणकारीले देश र जनताको प्रतिरक्षा गरिरहेको जिकिर गरेका थिए। यद्यपि उनले सो घटनामा आफ्नो संलग्नता भने अस्वीकार गरेका थिए। त्यसबेला उनले आक्रमणकारीसँग हात मिलाएको र धन्यवाद दिएको तस्बिर बाहिरिएको थियो।
बुधबार बेइजिङ समर्थित सांसदमाथि भएको आक्रमणलाई प्रतिशोधपूर्ण कार्यको रूपमा हेरिएको छ।

कसरी भयो आक्रमण ?
सांसद हो यसै महिनाको अन्त्यतिर हुने निर्वाचनको प्रचारप्रसारमा व्यस्त थिए। त्यहीबेला निलो टि–सर्ट र पछाडि फर्काएर बेसबल क्याप लगाएका एकजना मानिस उनको नजिक पुगे। होको नजिकै पुगेर ती व्यक्तिले ‘उनको काम सबैले देखको’ भन्न भ्याए र फूल दिए।

समर्थकका रूपमा आएका ती व्यक्तिले त्यसपछि फोटो खिच्नका लागि आग्रह गर्दै आफूले बोकेको झोलाबाट मोबाइल झिक्ने भन्दै हात हाले र त्यहाँबाट चक्कु झिकेर सांसद होमाथि प्रहार गरे। चक्कु प्रहार गरेका ती व्यक्तिलाई सांसद हो र अन्य व्यक्ति मिलेर भुइँमा लडाउन सफल भएका थिए।

त्यसपछि ती सांसदलाई एम्बुलेन्समा राखेर लगेको देखियो। यो घटनामा अन्य दुईजना पनि घाइते भएको विवरण बाहिरिएको छ। प्रहरीका अनुसार सांसद होमाथि आक्रमण गर्ने संदिग्ध व्यक्ति पक्राउ परिसकेका छन् र तीनै जना घाइतेको अवस्था सामान्य रहेको छ।

आक्रमणपछि सांसद होले एउटा विज्ञप्ति जारी गरेका छन्। उनले ‘संस्थापन पक्षका उम्मेद्वारलाई काला शक्तिले आक्रमणको निशानामा पारेको’ आरोपसमेत सो विज्ञप्तिमा लगाएको बिबिसीले उल्लेख गरेको छ।
‘म साहसिक र निडर रहिरहने छु,’ उनको विज्ञप्तिमा भनिएको छ। सन् २०१६ मा हङकङको विधायिका परिषद्को सदस्य निर्वाचित भएका ५७ वर्षीय हो यसअघि विवादित व्यक्तिका रूपमा समेत परिचित छन्। उनले सन् २०१७ मा दिएको ‘प्रदर्शनकारी मारिनु पर्छ’ भन्ने अभिव्यक्तिका कारण उनी त्यसबखत पनि विवादित बनेका थिए।

प्रकाशित: २१ कार्तिक २०७६ ०४:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App