१५ चैत्र २०८० बिहीबार
अन्तर्राष्ट्रिय

सिरिया संकट गहिरिएसँगै टर्कीका राष्ट्रपतिलाई रुसको निम्तो

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानलाई टेलिफोन गरी सिरियामा उत्पन्न पछिल्लो संकटका बारेमा छलफल गरेका छन्। 

रुसी राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति पुटिनले एर्डोगानलाई जतिसक्दो छिटो रुस भ्रमण गर्न आमन्त्रण पनि गरेका छन्। 
पुटिनको कार्यालयद्वारा मंगलबार अबेर जारी वक्तव्यमा टर्कीका राष्ट्रपति एर्डोगानले रुसको निमन्त्रणलाई स्वीकार गरेका उल्लेख छ।

दुई नेताबीच टर्की र सिरियाली सेनाबीच कुनै किसिमको भिडन्त नहोस् भन्नेमा छलफल भएको थियो। रुसी राष्ट्रपतिको कार्यालयका अनुसार टर्कीका तर्फबाट टेलिफोन सम्पर्क भएको थियो। 

टेलिफोन संवादमा रुसी राष्ट्रपतिले टर्कीको आक्रामक कारबाहीका कारण सिरियाली कुर्द इलाकामा बन्दी बनाइएका आतंककारीहरु अन्यत्र भाग्न सक्नेतर्फ चासो व्यक्त गरेका विज्ञप्तिमा जनाइएको छ। एएफपी

प्रकाशित: २९ आश्विन २०७६ ०९:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App