coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरानी राष्ट्रपतिसँगको भेटघाट टुङ्गो लागेको छैन– ट्रम्प

संयुक्तराष्ट्र संघ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी साता संयुक्तराष्ट्र संघ महासभाको बैठकका क्रममा इरानी राष्ट्रपतिसँग भेटघाट हुन सक्ने सम्भावना रहेको बताएका छन्। तर उनले भेटघाटको औपचारिक कार्यक्रम अझैसम्म तय भइनसकेको जानकारी दिए।     
     
संयुक्तराष्ट्र महासभाको बैठकस्थल न्यूयोर्कमा दुबै नेताबीच भेटवार्ता हुने सम्भावनाका बारेमा विभिन्न अड्कलबाजी भइरहेका छन्। फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याँक्रोले दुबै नेताबीच वार्ता गराउन प्रयास जारी राखेको छ।     
     
साउदी अरेबियाका दुईवटा तेल प्रशोधन केन्द्रमा आक्रमण भएपछि इरानी र अमेरिकी राष्ट्रपतिबीचको भेटवार्ता लगभग टुङ्गिएको थियो। अमेरिकाले साउदीमा भएका आक्रमणहरु इरानले गरेको आरोप लगाउँदै आएको छ, तर इरानले भने अमेरिकी आरोप सत्य नभएको दाबी गर्दै आएको छ।     

राष्ट्रपति ट्रम्पले पत्रकारहरुसँग कुरा गर्दै आफूले इरानी नेतालाई भेट्न चाहेको बताए। 'तर, अहिलेसम्म कुनै समयतालिकाका बारेमा छलफल भएको छैन।' सोमबार फ्रान्सेली राष्ट्रपति म्याँक्रोले राष्ट्रपति ट्रम्पसँग अनौपचारिक परामर्श गरेपछि त्यही साँझ इरानी नेता रौहानीसँग झण्डै ९० मिनेट वार्ता गरेका थिए।    

फ्रान्सेली राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा दुबै मुलुकबीच गतिरोध अन्त्य गर्न त्यति सहज नरहेको तर इरानले पनि आफूलाई सुधार गर्न जरुरी रहेको उल्लेख छ।     

म्याँक्रोले अमेरिकी राष्ट्रपतिलाई मंगलबार पनि भेट्दै छन्। राष्ट्रपति म्याँक्रोले भने, मैले जतिसक्दो प्रयास गर्नेछु ताकि छलफलका लागि उपयुक्त वातावरण बन्न सकोस्।     

राष्ट्रपति ट्रम्पले भने इरानसँग वार्ता गर्न फ्रान्सको मध्यस्थता जरुरी नरहेको पनि बताए। उनले इरानी नेताहरुलाई हामीसँग भेटवार्ता गर्न सम्पर्क विन्दुहरु भलिभाँती थाहा छ भने। रासस

प्रकाशित: ७ आश्विन २०७६ ०८:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App